इप्पानको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा
काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
कार्की हाल उपाध्यक्ष छन् । त्यस्तै हाल उपाध्यक्ष रहेका मोहन डाँगीले बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल सचिव रहेका बलराम खतिवडाले महासचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
इप्पानको २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने छ ।
दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका व्यवसायी तथा पूर्व कराँते खेलाडी गणेश कार्कीले उक्त चुनावमा आफूलाई अध्यक्षको दाबेदारको रूपमा अगाडि सारेका छन् । शालिन स्वभाव र प्रायः मध्यमार्गी धारमा हिँडेर सबैलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ भन्ने कार्की यसपटक अघिल्लो कार्यसमितिको जस्तै सहमतिको खोजीमा छन् ।
इप्पानले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन आग्रह गरेको छ। इप्पानका अनुसार हालसम्म करिब १६५ आयोजकहरुले नयाँ सदस्यता लिएका छन् भने करिव १५० पुराना सदस्यहरु नविकरण भएका छन् ।
आयोजकहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जनाएको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












