इप्पानको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा
काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
कार्की हाल उपाध्यक्ष छन् । त्यस्तै हाल उपाध्यक्ष रहेका मोहन डाँगीले बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल सचिव रहेका बलराम खतिवडाले महासचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
इप्पानको २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने छ ।
दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका व्यवसायी तथा पूर्व कराँते खेलाडी गणेश कार्कीले उक्त चुनावमा आफूलाई अध्यक्षको दाबेदारको रूपमा अगाडि सारेका छन् । शालिन स्वभाव र प्रायः मध्यमार्गी धारमा हिँडेर सबैलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ भन्ने कार्की यसपटक अघिल्लो कार्यसमितिको जस्तै सहमतिको खोजीमा छन् ।
इप्पानले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन आग्रह गरेको छ। इप्पानका अनुसार हालसम्म करिब १६५ आयोजकहरुले नयाँ सदस्यता लिएका छन् भने करिव १५० पुराना सदस्यहरु नविकरण भएका छन् ।
आयोजकहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












