वामदेवजीको सदस्यता एमालेमै छ : ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेकाले उनलाई पार्टीमा भित्र्याइरहनुनपर्ने बताएका छन्।
पूर्वएमाले नेता वामदेव गौतमसँग बुधबार दिउँसो संसद् परिसरमा एमाले नेताहरुले ७० वर्षे उमेरहदको व्यवस्थाका कारण अब पार्टीमा आउन सजिलो भएको भन्दै हाँसोठट्टा गरेका थिए।
जवाफमा बामदेवले ‘आफू एमालेमा आउन तयार रहेको तर केपी ओलीले भन्नुपर्यो नि’ भन्ने जवाफ दिएका छन्।
बामदेवले एमाले नेता सूर्य थापालाई यसबारे केपी ओलीसँग पहलकदमी लिन पनि आग्रह गरेका थिए।
बामदेवको यही अभिव्यक्तिबारे संसद् परिसरमा एमाले अध्यक्ष केपी ओलीसँग सञ्चारकर्मीहरुले प्रश्न गरे।
सञ्चारकर्मीहरुले ओलीलाई सोधे- बामदेव गौतमले आफ्नो पार्टी सदस्यता एमालेमै छ भन्नुभएको छ, उहाँ अब पार्टीमा फर्कनु हुन्छ ? ओलीले भने- उहाँले पार्टी सदस्यता एमालेमै छ भन्नुभयो होइन, कुरो सक्किगो नि।
सञ्चारकर्मीले सोधे- उहाँलाई भित्र्याउनुहुन्छ कि हुन्न? ओलीले भने- उहाँको पार्टी सदस्यता एमालेमै छ, कुरो सक्किगो नि।
एमालेले मंगलबार पार्टीमा रहेको ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरेपछि एमालेमा बुढापाका नेताहरुलाई पद ओगट्न सजिलो भएको छ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












