चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
काठमाडौं । चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कलरएसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौँ महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।
ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो ।
सोही क्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैधरूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ठूलो परिमाणमा सिमकार्ड तथा अन्य अवैध उपकरण, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्रा बरामद गरिएको छ ।
उनीहरूको साथबाट एनसेलको प्रयोग गरेका र नगरेका सिममात्रै तीन हजार सात सय थान बरामद गरिएको छ । यस्तै झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि बरामद गरिएको छ । उनीहरूउपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












