अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छः रघुजी पन्त
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् ।
उनले चुरे छोए देशमा आगो लाग्ने बताए ।
‘अर्थमन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आ छ । तपाईको भाषणमा पनि आ छ । बजेटमा पनि आ’छ । तपाईले बजेटमा हाल्नु भएको छ । तर चुरे नछुनु होला, छुनु भयो भने देशमा आगो बल्छ’, उनले आज (बिहीबार) को प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै भने । उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए ।
‘चुरेको ढुङगा माटो बेचेर देशको खर्च टार्न सकिदैन’, सांसद पन्तले भने । उनले भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानी माथिको अधिकारबारे महात्मा गान्धीले नेहरुलाई दिएको जवाफ उद्रित भनेका थिए ।
‘महात्मा गान्धीका लागि नुहाउन गाग्रीमा राखिएको पानी तातिएपछि उनका सहयोगी पोखिदिए । अनि गान्धीले किन फालेको भनेर प्रश्न गरे । त्यसको जवाफमासँगै रहेका नेताहरुले गान्धीलाई चिन्ता नलिनुहोस् तपाई गंगा, यमुना र सरस्वतीको तटमा हुनुहुन्छ भने । यति भनेपछि गान्धीले त्यो नदीको पानीमा मेरो मात्र अधिकार छैन, त्यसमा लाखौं किटपंतिङ्गरको अधिकार छ । हजारौं किसानको अधिकार छ र सबै यसैगरी फाल्दै गए भने त्यो पानी अवस्था के हुन्छ ? भनेर प्रश्न गरको थिए ।’
उनले भने, ‘त्यसैले चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनु होला ।’ ‘ढुङ्गा माटो, गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाई आफै विकासन्उम्मूख देश हो । तपाई आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु’, सांसद पन्तले भने ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












