मिथिला क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै
वीरगञ्ज, । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् । मोबाइल फोनको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका ऐतिहासिक, प्रचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, साँमाचकेवा, कमला मैयाँजस्ता नाच लोप हुन थालेका हुन् ।
यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् । बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाका नाच लोप हुन थालेका सुनाउँदै १० वर्षको उमेरदेखि नाच गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ६५ वर्षीय गोसाई राय भन्नुहुन्छ, ‘नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौँ ।’
पहिला प्रतिष्ठाका लागि भए पनि ठूलो रकम खर्चेर ग्रामिण क्षेत्रमा लोकनाच गराइने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुपर्यो ।’ केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक रु पाँच/सात लाखभन्दा बढी आम्दानी हुने गरेको स्मरण गर्दै अर्का नाचका कलाकार फनिराम भन्नुहुन्छ,’कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले अब यी मौलिक नाच लोप हुदै गएका छन् ।’नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी कतारलगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उहाँको भनाइ छ ।
नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रागेजारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेकाले आफूले पनि भारततिरै जाने सोच बनाएको सिरहाको पोखरभिण्डाका श्रवण सदा बताउनुहुन्छ । ‘मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोकनाचका कम्पनी विस्थापित हुन थालेका छन्’, कुनै बेला नाँच कम्पनीको जिम्मेवारी बहन गरिसकेका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ निवासी लोचन राम भन्नुहुन्छ, ‘कुनै बेला अत्यन्तै लोकप्रिय रहेको ऐतिहासिक नाच अहिले लोप हुन थालेछन्, त्यसका कारण सिरहामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भइसकेका छन् ।’
विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका छन् । मिथिला क्षेत्रका ग्रामिण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तररुपमा विस्थापित हुनेक्रम जारी रहेको कालाकारहरु बताउँछन् । ‘खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय करिब १० प्रतिशतजति विवाहका बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको छ’, सिरहाको अर्नामा गाउँपालिका–४ निवासी विन्दु सदा भन्नुहुन्छ, ‘वर्षमा एक/दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारीको खोजीमा पलायन भएका छन् ।’
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाच लोप हुन लागेकामा संस्कृतिविद्समेत चिन्तित बनेका छन् । संस्कृतिविद् पूर्वप्राध्यापक पिताम्वरलाल यादव भन्नुहुन्छ,’मिथिला क्षेत्रको संस्कृतिको धरोहरका रुपमा रहेका लोकनाच लोप हुनु दुःखद् कुरा हो ।’ ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका लोकनाचको संरक्षणमा सरकारका तर्फबाट उचित कदम चाल्नुपर्ने उहाँको भनाइ छ । मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएका यस्ता लोकनाचको संरक्षण तथा सुधारमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले सरकारले स्थानीय निकायमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारहरुको छ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...











