एसिया कप २०२३: नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने
काठमाण्डौ । एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएको छ । एसिया कप आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले आज बिहीवार जानकारी दिएको छ ।
एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड मोडलमा हुन लागेको हो । जसअन्तर्गत प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियोगिता दुई ठाउँमा खेलाइने भएको हो ।
समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ ।
समूहका शीर्ष २ ले सुपर फोर मा ठाउँ बनाउनेछन् । सुपर फोर बाट शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि भारत र पाकिस्तानको आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्योल थियो । यही कारण अहिलेसम्म प्रतियोगिताको ठाउँ र तालिका सार्वजनिक भएको थिएन ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












