प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा घट्योः डा.कोइराला
काठमाडौँ । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्यवसायी प्रीतम सिंह बारे दिएको अभिब्यक्ती गलत भएको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग नेता कोइरालाले प्रधानमन्त्रीले ब्यवसायी सिंहबारे दिएको अभिब्यक्ति अत्यन्त गलत भएको बताएका हुन्।
उनले भने,‘प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्याएको छ।’
त्यसैगरी,उनले कोसी प्रदेशमा सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत भएको उल्लेख गरे। कोइरालाले भने,‘कोसी प्रदेशमा सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन। लोकतान्त्रिक परिपाटी र संसंदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा सदस्यका रुपमा उपस्थिती जनाउनुले भोलीका दिनमा अप्ठयारो परिस्थिती सृजना हुने देखिएको छ।’
‘संसदीय ब्यवस्थामा अंकगणितको खेल समेत हुन्छ। गणितको खेलमा यसप्रकारको उतारचढाव हुनेगर्छ। उतारचढाव चिरेर अघि बढ्नुपर्छ। संसदीय परम्परा र संविधानमा भएका कुरालाई अघि बढाउँदै जानुपर्छ भन्ने मान्यता राख्दछु।
उनले थपे,‘पार्टीका महामन्त्रीले जिल्ला सभापतिहरुको भेला आयोजना गरेको विषयमा उनले भने,‘केन्द्रीय सभापतिको अनुपस्थिती बारे म जानकार छैन। उहाँलाई निमन्त्रणा गरियो गरिएन बुझ्न पाएको छैन। यद्यपी भेला कार्यक्रम पार्टीलाई बल पुग्ने कार्यक्रम भएको छ।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












