मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग
काठमाडौं । नेकपा (एमाले)ले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिवार बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेर निस्क्रिय भएको टिप्पणी गर्नुभयो । यस्तै बैठकले पार्टीको बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ ।
सदस्यता नवीकरण साउन १५ गतेसम्म
उपमहासचिव ज्ञवालीका अनुसार बैठकले पार्टी सदस्यता नवीकरणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने अघिल्लो निर्णयलाई बढाएर साउन १५ गतेसम्म सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने निर्णय गरेको छ ।
सदस्यता नवीकरण सकेपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णयसमेत पार्टीले गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको निर्वाचनको पर्यवेक्षकका लागि भ्रमण गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले नेपालको विकासमा सहयोगी हुनसक्ने अमेरिकालगायत अन्य विकसित राष्ट्रबाट प्राप्त हुने सहयोगलाई पनि व्यवस्थितरूपमा राष्ट्र हितमा लगाउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० समयमा नै सक्ने आग्रह गरेको छ । बैठकले समसामयिक प्रस्ताव पारित गर्दै कोशी प्रदेशसभा सभामुख प्रदेश सरकार गठन गर्ने या हटाउनेमा स्वयं संलग्न हुनेजस्ता क्रियाकलापले लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर गरेको छ ।
यसैगरी बैठकले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट धेरै पशु मरिसकेको भन्दै लम्पी स्किन रोगको रोकथाम गर्न प्रभावकारी कदम चाल्न, किसानलाई बीमा रकम भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन माग गरेको छ ।
यसैगरी बैठकले प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका काममा तत्काल खटिन आह्वान गरेको छ । विश्वविद्यालयमाथि सत्ता संरक्षित विद्यार्थी सङ्गठनबाट भइरहेको निरन्तरको हस्तक्षेप, तालाबन्दी र अराजकताप्रति पार्टी गम्भीर भएको बैकठले जनाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












