आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । आशा लघुवित्त वित्तीय र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज (असार ३१ गते) को दिन देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो ।
उक्त कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गर्नु गरेका थिए ।
बिहान ९ बजे सुरु भएको कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु गरे ।
कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए, उक्त कार्यक्रमा दवै संस्था तर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।
एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोटड १६ लाख १६ हजार रहेको छ । जगेडा कोष २४लाख ९९लाख ६३ हजार ८७० रुपैयाँ, बचत संकलन २ अर्ब ७५करोड ३६ लाख १५ हजार ३२०, कुल लगानीमा रहिरहेको कर्जा ८अर्ब ७३ करोड १७ लाख ३७ हजार १९० रुपैयाँ रहेको छ । कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १,२९,४४२, कुल ऋणी संख्या ७३,६०५, कुल कर्मचारी संख्या ६१२ पुग्ने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












