आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । आशा लघुवित्त वित्तीय र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज (असार ३१ गते) को दिन देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हो ।
उक्त कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गर्नु गरेका थिए ।
बिहान ९ बजे सुरु भएको कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु गरे ।
कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए, उक्त कार्यक्रमा दवै संस्था तर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।
एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोटड १६ लाख १६ हजार रहेको छ । जगेडा कोष २४लाख ९९लाख ६३ हजार ८७० रुपैयाँ, बचत संकलन २ अर्ब ७५करोड ३६ लाख १५ हजार ३२०, कुल लगानीमा रहिरहेको कर्जा ८अर्ब ७३ करोड १७ लाख ३७ हजार १९० रुपैयाँ रहेको छ । कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १,२९,४४२, कुल ऋणी संख्या ७३,६०५, कुल कर्मचारी संख्या ६१२ पुग्ने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












