राष्ट्र संघको सुरक्षा परिषदमा उठ्यो एआई नियमनको विषय
एजेन्सि । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यान्त्रिक वौद्धिकता (एआई) को खतराका विषयमा छलफल भएको छ ।
एआई प्रविधिले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा असर पुर्याउन सक्ने भन्दै यसको नियमनबारे बहस भएको हो । राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरसले नयाँ प्रविधिको नियमनका लागि अन्तर्राष्ट्रिय नियामकले ध्यान दिनुपर्ने बताए ।
एआईले अपराध र आतंकवादलाई सहज बनाउने भएकाले यसको नियमन आवश्यक रहेको गुटेरसले बताएका छन् । ‘एआईले अपराध र आतंकवादलाई प्रश्रय दिनसक्छ भने यसले विनाश निम्त्याउँदै ठूलो परिमाणमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नसक्छ’, उनले भने ।
गत वर्ष च्याट जिपिटी सार्वजनिक हुनुका साथै आवाजको नक्कल गर्ने फोटो तथा भिडिओ बनाउने विभिन्न एई सार्वजनिक भएका थिए । यस्ता एआईबाट गलत सूचना सम्प्रेषणले प्रश्रय पाउने चिन्ता पनि बढिरहेको छ ।
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा एआई प्रविधिका वैज्ञानिक र सामाजिक फाइदा र असरबारे बहस भएको थियो । ‘यो प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । हामीले दोहनको विज्ञान नबुझेरै इन्जिन बनाउन लागेकोझैँ भएको छ’, एआई सुरक्षासम्बन्धी कम्पनीका सह संस्थापक ज्याक क्लार्क भन्छन्, ‘एआईकै निर्माताहरु त्यसको नियामक हुनुहुँदैन।’
महासचिव गुटेरसले आणविक हतियार तथा वातावरण नियमनका लागिझैँ एआईको नियमनका लागि पनि राष्ट्रसंघले काम अघि बढाउनुपर्ने बताए । त्यसमा सरकारी प्रशासनमा काम गरेका प्रविधि विज्ञलाई समावेश गर्नुपर्ने धारणा पनि आएको छ । तर एआईका चुनौतीबारेमा प्राविधिक दक्षता भएकाले मात्रै नियामकका रूपमा राख्नुपर्ने आवाज पनि उठेको छ ।
एआई नियमनका लागि बाध्यकारी कानुनी बाटो तत्कालै सम्भव भने देखिँदैन । अधिकांश कुटनीतिज्ञले यसका लागि अन्तर्राष्ट्रिय मापदण्डको आवश्यकता औँल्याएका छन् । बेलायतका विदेश सचिव जेम्स क्लेभर्लीले भनेका छन्, ‘कुनैपनि मुलुक एआईबाट अछुतो छैन । त्यसैले यसको नियमनका लागि अन्तर्राष्ट्रिय कानुन र सहकार्यको आवश्यकता छ ।’
रुसले भने एआईले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा असर पुर्याउने तर्कमा दम नरहेको धारणा राखेको छ । यता राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधि झाङ झोउले एआईको नियमनका लागि कानुन बनाउन गरिएको प्रस्तावमा फरक मत राखे ।
राष्ट्रसंघको नियामक निकायले सम्बन्धित मुलुककै कानुनलाई सम्मान गर्नुपर्ने र एआईबारे सम्बन्धित मुलुककै कानुन लागू गराउनुपर्ने मत राखे । ‘एआई प्रविधिलाई सैन्य वर्चश्व कायमका लागि प्रयोग गर्ने नीतिको चीन पनि विरोध गर्छ’, उनले भनेका छन् ।
यस्तै, एआई प्रविधिबाट चल्ने स्वचालित हतियारबारे समेत बहस भएको थियो । त्यस्ता प्रविधिको प्रयोग गरेर इजरायलले इरानका प्रखर आणविक वैज्ञानिक मोसेन फक्रिजाहेदको हत्या गरेको विषयमा पनि बहस भएको थियो । बहसमा सहभागी प्राध्यापक रेबेका विलेटले भनेकी छिन्, ‘एक देशले आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै अर्को देशमा विध्वंश नमच्चाओस् भन्ने सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता छ ।’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












