विद्युत् तारका कारण दुर्घटनाको जोखिम
काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रमा विद्युत्को तार असरल्ल छोड्दा दुर्घटनाको जोखिम बढेको छ । दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ‘टान्सफर्मर’सँगै जोडिएको विद्युत् प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।
‘तीव्र भोल्टेजको विद्युत प्रवाह हुने टान्सफर्मरसँगै राखिने फ्युज बाकस खुला छन्’, भीमदत्त नगरपालिका–४ भगतपुरकी स्थानीय अम्बिका भट्टले भन्नुभयो, ‘विद्युत् प्रवाह हुने तार नाङ्गो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।’
ट्रान्सफर्मर नजिकै उहाँको घरमा छ । बेला बेलामा ट्रान्सफर्मरमा आगो लाग्ने गरेको र फ्युज खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।’केही वर्षअघि खुला छोडिएको फ्युजमा करेन्ट लागेर गाई मेरेको थियो’, उहाँले भन्नुभयो, ‘नजिकै विद्यालय छ, स–साना विद्यार्थी यही बाटोबाट विद्यालय जान्छन्, जतिबेला पनि करेन्ट लाग्ने सम्भावना छ ।’
वर्षौदेखि विद्युत् प्राधिकरणलाई फ्युज बाकस बन्द गर्न आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको भट्टको गुनासो छ । विद्युत् प्राधिकरणको लापरबाहीले दुर्घटनाको जोखिम बढेको केशव चन्दले बताउनुभयो ।’बालबालिकाले पुग्ने गरी नजिकै फ्युज छ, बालबालिका खेल्दा वा यताउता हिँडडुल गर्दा छोइएमा करेन्ट लाग्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘भोलि केही घटना भइहाल्यो भने यसको जिम्मा कस्ले लिने रु’
महेन्द्रनगर बजारका साथै आसपासका क्षेत्रका अधिकांस काठका फ्युज बाकस अव्यवस्थित तरिकाले खुला छोड्ने गरिएको हीरालाल धामीले गुनासो गर्नुभयो । ‘दुर्घटना हुनुअघि नै सचेत हुनु जरुरी छ, विद्युत् प्राधिकरणले तत्काल नै यसलाई व्यवस्थित गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसँग दुर्घटनाको जोखिम बढेकोले ‘फ्युज’ बाकस बन्द गरेर विद्युतिकरणलाई व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । फ्युज राखिएका परम्परागत काठका बाकस हटाएर नयाँ बाकस लगाउने कार्य भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुनप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।
‘वर्षौ भएकाले फ्युजका बाकस जीर्ण भएका छन्, ती बाकस हामी फेरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘एमसिबी लगाउनुपर्ने तर त्यसको लागि ठूलो बजेट लाग्ने भएकाले बजेट अभाव छ ।’ उहाँका अनुसार महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत रहेका पाँच सय ट्रान्सफर्मरमध्ये दुई सय ५० ट्रान्सफर्मरको फ्युज बाकस फेर्न काम सकिएको छ
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












