विद्युत् तारका कारण दुर्घटनाको जोखिम
काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रमा विद्युत्को तार असरल्ल छोड्दा दुर्घटनाको जोखिम बढेको छ । दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ‘टान्सफर्मर’सँगै जोडिएको विद्युत् प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।
‘तीव्र भोल्टेजको विद्युत प्रवाह हुने टान्सफर्मरसँगै राखिने फ्युज बाकस खुला छन्’, भीमदत्त नगरपालिका–४ भगतपुरकी स्थानीय अम्बिका भट्टले भन्नुभयो, ‘विद्युत् प्रवाह हुने तार नाङ्गो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।’
ट्रान्सफर्मर नजिकै उहाँको घरमा छ । बेला बेलामा ट्रान्सफर्मरमा आगो लाग्ने गरेको र फ्युज खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।’केही वर्षअघि खुला छोडिएको फ्युजमा करेन्ट लागेर गाई मेरेको थियो’, उहाँले भन्नुभयो, ‘नजिकै विद्यालय छ, स–साना विद्यार्थी यही बाटोबाट विद्यालय जान्छन्, जतिबेला पनि करेन्ट लाग्ने सम्भावना छ ।’
वर्षौदेखि विद्युत् प्राधिकरणलाई फ्युज बाकस बन्द गर्न आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको भट्टको गुनासो छ । विद्युत् प्राधिकरणको लापरबाहीले दुर्घटनाको जोखिम बढेको केशव चन्दले बताउनुभयो ।’बालबालिकाले पुग्ने गरी नजिकै फ्युज छ, बालबालिका खेल्दा वा यताउता हिँडडुल गर्दा छोइएमा करेन्ट लाग्ने सम्भावना छ’, उहाँले भन्नुभयो, ‘भोलि केही घटना भइहाल्यो भने यसको जिम्मा कस्ले लिने रु’
महेन्द्रनगर बजारका साथै आसपासका क्षेत्रका अधिकांस काठका फ्युज बाकस अव्यवस्थित तरिकाले खुला छोड्ने गरिएको हीरालाल धामीले गुनासो गर्नुभयो । ‘दुर्घटना हुनुअघि नै सचेत हुनु जरुरी छ, विद्युत् प्राधिकरणले तत्काल नै यसलाई व्यवस्थित गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसँग दुर्घटनाको जोखिम बढेकोले ‘फ्युज’ बाकस बन्द गरेर विद्युतिकरणलाई व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । फ्युज राखिएका परम्परागत काठका बाकस हटाएर नयाँ बाकस लगाउने कार्य भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुनप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।
‘वर्षौ भएकाले फ्युजका बाकस जीर्ण भएका छन्, ती बाकस हामी फेरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘एमसिबी लगाउनुपर्ने तर त्यसको लागि ठूलो बजेट लाग्ने भएकाले बजेट अभाव छ ।’ उहाँका अनुसार महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत रहेका पाँच सय ट्रान्सफर्मरमध्ये दुई सय ५० ट्रान्सफर्मरको फ्युज बाकस फेर्न काम सकिएको छ
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












