काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमणविरुद्ध अभियान
काठमाडौं । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।
काभ्रेपलाञ्चोक डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख डा सेढाईँले डेङ्गुको निरन्तर निगरानी ९क्लिनिकल र प्रयोगशाला०को काम भइरहेको बताउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी काम भइरहेको छ । जिल्ला द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, स्वास्थ्य कार्यालयले प्राविधिक र उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, स्थानीय तहका स्वास्थ्य शाखा, विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई डेङ्गुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले निर्माण गरेका चेतनामूलक सामग्रीलाई सबै स्थानीय तहमा विभिन्न माध्यमबाट उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोकमा गत चैतमा डेङ्गुको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म छ सय ८० जनामा डेङ्गु देखिएको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा चार सय ८७ डेङ्गु सङ्क्रमित रहेका छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











