आफ्ना-आफ्ना पसल थापेर बसेका सबै कम्यनिस्ट पार्टीहरू एक ठाउँमा ल्याउन जरुरी छः माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन्।
आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्।
उनले कम्यनिस्ट पार्टीहरू आफ्ना-आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए।
कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन्, त्यत्ति धेरै नोक्सान हुने उनकाे भनाइ छ।
अध्यक्ष नेपालले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो। सबै कम्यनिस्ट पार्टीहरू आफ्ना-आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन्। त्यसका बाबजुत पनि हामीले हरेस खानु हुँदैन। जति धेरै कम्युनिस्ट शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ। जति हामी विभाजित बन्छौँ, त्यत्ति धेरै नोक्सान हुन्छ।’
उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको पनि बताए।
Comments
अरु समाचार
-
फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार गरियो: महान्यायाधिवक्ता बडाल
काठमाडौं । फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न विभिन्न नीतिगत सुधार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आइतबार...
-
स्वर्णलक्ष्मी सहकारी ठगी: रविको बयान सकियो, थुनछेक बहस सुरु
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापती रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद...
-
कांग्रेस सभापति देउवाद्वारा आठौं म्याग्दी महोत्सवको उद्घाटन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ।...
-
काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू, नसकिए हिरासतमा बस्नुपर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा शुरू भएको छ । अदालत खुल्नुअगावै...
-
महान्यायाधिवक्ता बडालद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको कालीमाटीस्थित...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको...