मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको छ।
अहिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ। बैठक सकिएपछि मौद्रिक नीतिक सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए।
उनले भने,’अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ। बैठक सकिएपछि वेबसाइटमार्फत् सार्वजनिक गर्नेछौं। ३ बजे मौद्रिक नीतिबारे पत्रकार सम्मेलन आयोजना गरिएको छ।’
राष्ट्र बैंकले पनि अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न उचित निर्णय लिने भनेको छ। अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षामा छन्। तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ। अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त छन्।
यसले व्यवसाय सञ्चालनलाई निरन्तरता दिन कठिन भएकाले यसको खारेजीको माग गर्दै आएका छन्। तर, चालु पुँजी कर्जाको व्यवस्था कायम रहनेमा राष्ट्र बैंक स्पष्ट छ।
बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायतका क्षेत्रका करिब ५० संघ-संगठन, विज्ञ तथा सरोकारवालाले मौद्रिक नीतिमा सुझाव दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरूलाई आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी नीति ल्याउन भनेका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












