नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै
काठमाडौं । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता रहनेछ । मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ ।
कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो । केही कार्यक्रम प्रतिष्ठानबीच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उहाँले बताउनुुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् ।
यसैगरी स्वामी विवेकानन्द सास्कृतिक केन्द्र काठमाडौँ तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दुईदिने फोटो प्रदर्शनी कार्यक्रमसमेत हुने भएको छ । यो प्रदर्शनी पोखरा सभागृहमा यही साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई सफल तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












