नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने रू १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाखमा सीमित भएको देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मुलुकले कुल रू १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको मालवस्तु आयात गर्दा रू एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको मात्रै निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८८ प्रतिशत बराबर छ । अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो । गत वर्ष आयातित वस्तुबाट कूल रू तीन खर्ब ७७ अर्ब २६ करोड चार लाख बराबरको भन्सार राजस्व उठेको छ ।
बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ । गत वर्ष नेपालले सबैभन्दा धेरै रू एक खर्ब ५३ अर्ब ७७ करोड बराबरको डिजेल मात्रै आयात गरेको छ । त्यस्तै, रू ६६ अर्ब ८४ करोड ४८ करोड बराबरको पेट्रोल र रू ५८ अर्ब १५ करोड ४१ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
फलामजन्य वस्तुको आयातमा रू ४३ अर्ब ६० करोड, कच्चा सोयाबिन तेल आयातमा रू ३५ अर्ब ५८ करोड, कोइला आयातमा रू २७ अर्ब १२ करोड र कच्चा पाम तेल आयातमा रू २५ अर्ब ९१ करोड बराबर बाहिरिएको देखिन्छ ।
बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ । गत आर्थिक वर्ष नेपालले रू ११ अर्ब ५० करोड ६६ लाख बराबरको कार्पेट निर्यात गरेको छ । त्यस्तै, रू १० अर्ब ७१ करोड बराबरको प्रशोधित पाम तेल, रू आठ अर्ब ४७ करोड बराबरको सोयाबिन तेल र रू आठ अर्ब २७ करोड बराबरको अलैँची निर्यात गरेको छ ।
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











