मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गर्नुभएको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।
उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गर्नुभएकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ ।
उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् ।
गठबन्धन इतरतर्फ नेकपा ९एमाले०का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३सदस्यमा बहुमत पु¥याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिनुभयो ।
उहाँले हाम्रो गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताउनुभयो ।
प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा २०८० साल असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणसहितको परमादेशको रिट निवेदनउपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साल साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यहरुलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भत्रे परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











