तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न
काठमाडौं । आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र निर्माणाधीन पुलमध्ये नौ पुलको निर्माण सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ ।
जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल रु तीन करोड चौबिस लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ । त्यसैगरी, ऋषिङको वडा नं ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत रु तीन करोड २१ लाख रहेको छ ।
घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल रु तीन करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । रु तीन करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलव ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । रु नौ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो ।
व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल रु चार करोड दुई लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको रु चार करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी, भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल रु तीन करोड ४६ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९ दशमलव आठ मिटर लम्बाइको पुल रु दुई करोड चार लाखको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











