पार्टीमा कुनै उत्साह छैन, कार्यकर्तामा ‘बरु एमालेतिरै जाने’ चिन्तन विकास भयो: नेता खनाल (पूर्णपाठ)
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेको बेलाजस्तो पार्टीमा उत्साह नभएको विश्लेषण गरेका छन् । पार्टीले सही दिशा लिन नसक्दा कार्यकर्तामा बरु एमालेतिरै जाने भन्ने चिन्तन विकास भएको उनको निष्कर्ष छ ।
काठमाडौंमा जारी पार्टीको स्थायी कमिटी बैठकमा लिखित दस्तावेज पेश गर्दै खनालले पार्टी झनझन् शिथिल र कमजोर बन्दै गएको बताएका हुन् ।
‘विद्रोहको बेला युवा, विद्यार्थीमा जुन उत्साह, अठोट र जाँगर थियो, अहिले दिशाहीन महसुस गरिरहेका छन्’ खनालले प्रतिवेदनमा भनेका छन् ।
खनालले पार्टी स्थापनाको दुई वर्षको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले कांग्रेस र माओवादीले धोखा दिएका कारण चुनावमा अपेक्षित सीट ल्याउन नसकेको उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि नेकपा एसको स्थायी कमिटी बैठक बसिरहेको छ । सोही बैठकमा खनालले दस्तावेज पेश गरेका हुन् ।
‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरी धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छबि र साख नराम्ररी गिराई दियो । कार्यकर्ताहरू देशव्यापी रूपमा निरास भए । त्यसपछि “बरु एमालेतिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो’ खनालले भनेका छन् ।
खनालले पार्टीको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस रहेको टिप्पणी गरेका छन् । ‘यतिबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसबाहेक अरु कुनै हुन सक्दैन । यसबारे हामीलगायत सबै वामपन्थी समूहले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ’ खनालले प्रतिवेदनमा भनेका छन् ।
अधिकांश वामपन्थी समूहहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग “गठबन्धन”, “कार्यगत एकता” वा “मोर्चा” बनाउँदै सत्ताका चुस्की लिइरहेको टिप्पणी गरेका छन् ।
यस्तो छ खनालको दस्तावेज
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












