‘प्राधिकरणका महानिर्देशकले पूर्वाग्रही ढंगले सिम्रिक एयरको उडानमा रोक लगाए’
अराजक महानिर्देशकलाई संरक्षण गर्ने को हो ?
काठमाडौं । नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले सिम्रिक एयरको उडानमा पूर्वाग्रही ढंगले रोक लगाएका छन् । हिजो बिहीवार सिनामंगलमा एयर ट्राफिक कन्ट्रोलर एसोसिएसन (नाट्का)को साधारणसभामा सिम्रिक एयर तथा नेपाल वायु सेवा संघका अध्यक्ष रामेश्वर थापाले समग्र प्राधिकरण तथा महानिर्देशक अधिकारीको व्यवहार निजी वायु सेवा सञ्चालक मैत्री नभएको भाषण गरेका थिए । सो भाषणलगत्तै प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको हो ।
थापाले प्राधिकरणको नेतृत्वले सही व्यवहार गर्नुपर्यो भन्ने बोलेका थिए । त्यसको रिस महानिर्देशक अधिकारीले थपालाई फेरेको टिप्पणी गरिएको छ । निजी वायु सेवा सञ्चालकलाई दुव्र्यवहार गर्ने गरेको भन्दै प्राधिकरण र यसमा आबद्ध कर्मचारीहरु पछिल्लो समय झन् विवादित हुँदै गएका छन् । अधिकारी प्राधिकरणको महानिर्देशक भएर आए यता चाहिने\नचाहिने निर्णय गरेर हवाइ क्षेत्रका व्यवसायीलाई दुःख दिने गरेका छन् । यस्तै मन्त्रीसँग पनि पैसाको बलमा टसल गर्ने गरेका गुनासो पनि उत्तिकै छ ।
सिम्रिक एयर लिमिटेड विगत २१ वर्षदेखि नेपालको कानुनअनुसार दर्ता भई लिनुपर्ने अनुमति लिई काम गरिरहेको अग्रणी हेलिकप्टर सेवा प्रदायक संस्था हो । यस संस्थाले विगत २१ वर्षको दौडानमा विभिन्न दैविप्रकोप, आपतकालिन लगायत भौगोलिक विकटता भएको स्थानमा उद्दार एवं राहतलगायत सुरक्षित सेवा दिदै आएको छ । यस संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै व्यक्तिहरुलाई रोजगार दिएको छ । यस्तै राजस्वको हकमा पनि यस क्षेत्र मध्ये उल्लेखनिय राजश्व भुक्तानी गर्दे आएको लिमिटेडले विज्ञप्तिमा दाबी गरेको छ । विभिन्न डिजिटल मिडियाको माध्यमबाट नेपाल नागरिक उडडयन प्राधिकरणका प्रवक्तालाई उदृत गर्दै सम्पे्रषित गलत र भ्रामक समाचारहरु प्रति सिम्रिक एयरले गम्भीर आपत्ति जनाएको छ ।
विगत केहि समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट संचालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न बहानामा प्रत्यक्ष अप्रत्यक्षरुपमा निरुत्साहित गर्ने गरेको गुनासो छ । यस व्यवसायमा रहेकाहरुको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले प्राधिकरणले पटकपटक विनाकारण दुःख दिदै आएकोमा सोको विरुद्ध वायु सेवा संचालक संघ नेपालका अध्यक्षको हैसियतले थापाले आवाज उठाउँदै आएका छन् । प्राधिकरणको वेथितिको सम्बन्धमा सिम्रिक एयर कम्पनिका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित गर्दै उनी आबद्ध संस्थाको गरीमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विगत २१ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन नियमावली पालना गरि नियमअनुसार बुझाउन पर्ने रकम नियमअनुसार बुझाउँदै आएको पनि लिमिटेडले प्रष्ट पारेको छ । उता प्राधिकरणका पदाधिकारीले भने प्राधिकरणलाई बक्यौता बुझाइसकेपछि मात्रै उडान प्रतिबन्ध फुकुवा हुने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












