गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति देउवा असन्तुष्ट, देउवालाई भेट्न गृहमन्त्री धुम्बाराही पुगे
काठमाडौं । सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् । देउवा निवास धुम्बाराहीमा शुक्रबार साँझ साढे ६ बजेतिर पुगेका श्रेष्ठ करिब पौने घण्टा बसेका थिए । पछिल्लो समय सामान्य केसमा कांग्रेसका नेतालाई पक्राउ गरेर गृहमन्त्रीले प्रतिशोध साँधेको भनी आजको संसदीय दल बैठकमा कांग्रेस सांसदले कुरा उठाएका थिए ।
गृहमन्त्री श्रेष्ठको कार्यशैलीलाई लिएर देउवासमेत असन्तुष्टि रहेको बुझेपछि र संसदीय दलमा आफ्नो तीव्र आलोचना भएको थाहा पाएपछि श्रेष्ठ देउवा भेट्न पुगेको बताइएको छ । हिजोमात्र पक्राउ परेका सांसद सुनिल शर्माको विषयमा नेतृ्त्वलाई ध्यानाकर्षण गराउँदै संसद चलिरहेको बेला प्रतिशोध साँध्ने गरी पक्राउ गरिएकोले गृहमन्त्रीले सदन र सार्वजनिकरूपमा जवाफ दिनुपर्ने बताएका छन् ।
सभापति देउवापत्नीसमेत रहेकी नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलाप विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्धत भएको आरोप लगाएकी थिइन् । उनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको भन्दै बैठकमा ध्यानाकर्षण गराएकी थिइन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












