उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारणः शंकर पोखरेल
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारण भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राज्यको मथिल्लो निकायको संलग्नताविना यति ठुलो परिमाणमा सुनतस्करी हुनसक्तैन भन्ने कुरा जो कोहीले पनि वुझ्न सक्ने कुरा भन्ने जनाएका छन् ।
महासचिव पोखरेलले राजश्व प्रशासन र सुरक्षा निकायको स्ष्ट कमजोरी देखिने कुराको छानविन उनीहरुवाट नै गराउछौ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्याउने पक्ष भएको प्रष्ट पारेका छन् । य्रस्तै उनले विगतमा संसदीय छानविनलाई गठवन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय छानविन प्रति जनताको विश्वास र भरोसा टुटेको पनि जनाएका छन् ।
पोखरेल सुन तस्करीसम्बन्धमा थप लेख्छन्, ‘त्यसैले राज्यको सुरक्षा प्रणाली प्रतिनै अनास्था र अविश्वास पैदागर्न पुगेको सुन तस्करीको छानविनका लागि नेकपा (एमाले) उच्चस्तरिय न्यायिक छानविन समितिको माग गरेको हो । अव यो माग नेकपा९एमाले०को मात्र माग रहेन । सत्ता गठवन्धनमा रहेका माननीयहरुको समेत माग बन्न पुगेको छ ।’
आशंकाको घेरामा रहेको सरकारका निकायवाट गरिने छानविनवाट यति गम्भीर समस्याको समाधान निकाल्न सम्भव नभएको पनि महासचिव पोखरेलले दाबी गरेका छन् । उनी भन्छन्, ‘सबैले बुझ्नु पर्दछ कि( उच्चस्तरिय छानविन आयोग गठन भएका कारणवाट नै राजनीतिक संलग्नतामा भएको ललिता निवास प्रकरण बाहिर आएको हो ।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












