जसपा बाहिरिए फुटाएर भएपनि राप्रपालाई सरकारमा ल्याउने प्रचण्डको ‘ग्राण्ड डिजाइन’
काठमाडौं । गौर हत्याकाण्डको खटपट सुरु भएको छ । एमालेसँग कुरा नमिलेर माओवादीसँग सरकार बनाउन पुगेको जसपा गौर हत्याकाण्डको फाइल खोल्ने तयारीपछि सरकार भित्रबाटै सशंकित बन्न पुग्दा खटपट सुरु भएको हो । भर्खरै मात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिह्न लिएर आगामी निर्वाचनमा भाग लिने तयार समेत गरेका यी दुई पार्टीबीच खटपट सुरु हुँदा सरकारलाई अप्ठ्यारो परेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाइै सरकार छाड्ने सन्दे्श पुर्याएका थिए ।
जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु हुने गरी भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै प्रचण्डले सरकार छाडेपनि फाइल खोलि छाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ । १७ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्ने गरी गृहमन्त्रालयले घटनाका पीडितसँग मंगलवार पाँचबुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए ।
मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्याकाण्डको फाइल खोल्ने देखिएको छ । उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमतिमा उल्लेख गरिएको छ । यो सहमति आफू र आफ्ना कार्यकर्तालाइ फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री दाहाललाई गौर हत्या काण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएको प्रचण्डले पनि जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।
यादवले नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेर प्रधानमन्त्री दाहाललाई यस्तो सन्देश पठाएका थिए । देउवासँगको भेटमा यादबले नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेको भन्दै फाइल खोलने सुरुसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।
स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेको भएता पनि दाहाल सकारात्मक बन्न नसकेको र पार्टीभित्र यो फाइल खोल्न दबाब रहेको बताएका थिए । देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दाहालले जसपा गए पनि रौतहत काण्डको फाइल खोल्ने बताएका थिए ।
मओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दाबी छ । यद्यपि राप्रपाले संघीय सरकारमा माआवादीसँग सहकार्य गर्न तयार भएको छैन । स्रोतले जसपा बाहिरिए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी प्रचण्डले गरेको सूचना देउवामा पुर्याएको छ ।
राप्रपालाई केन्द्र सरकारमा सहभागी गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने बचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ । यादवले प्रधानमन्त्री दाहाल आफूसँग सकारात्मक नदेखिएपछि मंगलवार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका भन्दै देउवाकोमा खबर पठाइएको पनि प्रधानमन्त्री निकट स्रोतको दाबी छ । तर, ओली निवास बालकोटमा उपेन्द्र यादब नगएको र ओलीसँग भेटघाट नभएको एमालेका एक उपाध्यक्षले सञ्चारमाध्यमलाई जानकारी दिएको उल्लेख छ ।-साभार दृष्टि साप्ताहिक
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












