जसपा बाहिरिए फुटाएर भएपनि राप्रपालाई सरकारमा ल्याउने प्रचण्डको ‘ग्राण्ड डिजाइन’
काठमाडौं । गौर हत्याकाण्डको खटपट सुरु भएको छ । एमालेसँग कुरा नमिलेर माओवादीसँग सरकार बनाउन पुगेको जसपा गौर हत्याकाण्डको फाइल खोल्ने तयारीपछि सरकार भित्रबाटै सशंकित बन्न पुग्दा खटपट सुरु भएको हो । भर्खरै मात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिह्न लिएर आगामी निर्वाचनमा भाग लिने तयार समेत गरेका यी दुई पार्टीबीच खटपट सुरु हुँदा सरकारलाई अप्ठ्यारो परेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाइै सरकार छाड्ने सन्दे्श पुर्याएका थिए ।
जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु हुने गरी भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै प्रचण्डले सरकार छाडेपनि फाइल खोलि छाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ । १७ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्ने गरी गृहमन्त्रालयले घटनाका पीडितसँग मंगलवार पाँचबुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए ।
मन्त्रालयमा भएको सहमतिको १ नम्बर बुँदाले गौर हत्याकाण्डको फाइल खोल्ने देखिएको छ । उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमतिमा उल्लेख गरिएको छ । यो सहमति आफू र आफ्ना कार्यकर्तालाइ फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री दाहाललाई गौर हत्या काण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएको प्रचण्डले पनि जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।
यादवले नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेर प्रधानमन्त्री दाहाललाई यस्तो सन्देश पठाएका थिए । देउवासँगको भेटमा यादबले नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेको भन्दै फाइल खोलने सुरुसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।
स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेको भएता पनि दाहाल सकारात्मक बन्न नसकेको र पार्टीभित्र यो फाइल खोल्न दबाब रहेको बताएका थिए । देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको भेटमा दाहालले जसपा गए पनि रौतहत काण्डको फाइल खोल्ने बताएका थिए ।
मओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दाबी छ । यद्यपि राप्रपाले संघीय सरकारमा माआवादीसँग सहकार्य गर्न तयार भएको छैन । स्रोतले जसपा बाहिरिए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने तयारी प्रचण्डले गरेको सूचना देउवामा पुर्याएको छ ।
राप्रपालाई केन्द्र सरकारमा सहभागी गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने बचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ । यादवले प्रधानमन्त्री दाहाल आफूसँग सकारात्मक नदेखिएपछि मंगलवार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका भन्दै देउवाकोमा खबर पठाइएको पनि प्रधानमन्त्री निकट स्रोतको दाबी छ । तर, ओली निवास बालकोटमा उपेन्द्र यादब नगएको र ओलीसँग भेटघाट नभएको एमालेका एक उपाध्यक्षले सञ्चारमाध्यमलाई जानकारी दिएको उल्लेख छ ।-साभार दृष्टि साप्ताहिक
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












