नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम
काठमाडौं । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो ।
गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको छ । हाल जिल्लाका पाँच विद्यालयमा जुनियर र अन्य दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइरहेको गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सिनियर तालिमका लागि विद्यालय तथा विद्यार्थी छनोट गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ ।
एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिने उहाँले बताउनुभयो । ‘यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।
काभ्रेपमा वार्षिक दुई सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइन्छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्रा प्रतिडिभिजनमा सहभागी हुन्छन् । गणले हाल पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल र पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी मावि, बनेपाको आर्दश विद्या मन्दिर र बेलर स्कुल तथा सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको हो भने आर्दश विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिमको तयारी भइरहेको जनाइएको छ ।
तालिमपश्चात विद्यार्थीमा अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् ।
तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाको बेलर स्कुका विद्यार्थीलाई श्रीलङ्कामा यस्तै कार्यक्रममा सहभागी गराइएको थियो । नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरे पनि केही वर्ष सञ्चालनमा आएको बताइन्छ । आर्थिक वर्ष २०७२/७३ बाट पुनः सुरु गरेको तालिमअन्तर्गत काभ्रेपलाञ्चोकमा आव २०७१/७२ बाट सुरु गरिएको हो ।
नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ ।सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











