हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या एक सय माथि
काठमाडौं । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ ।
अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । अस्थायी मुर्दाघर वरपर मृतकका अस्थिपञ्जरको सङ्कलन जारी छ ।
आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् । बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताउका छन् ।
लहाइनाका घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ । डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ । हवाई टापु शोकमा डुबेको छ ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन बाँकी छ । क्षति मूल्याङ्कन निकायका अधिकारीले परिस्थिति सहज हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन पनि थालिएको छ । गभर्नर ग्रीन नेतृत्वको टोली आज पनि आगलागी भएको स्थानमा पुगेको छ । सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन् ।
प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।
त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्
आगोमा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ । चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ । द्रुत गतिमा डिएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिनुभएको छ । हराएका ४१ जनाको खोजीका क्रममा उनीहरूका आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।
सिबीएस टेलिभिजनलाई मङ्गलबार दिनुभएको अन्तर्वार्तामा गभर्नर ग्रीनले खोजी तथा सरसफाइ पूरा गर्न कम्तीमा १० दिन लाग्ने बताउँदै दैनिक १० देखि २० जना मृतक भेटिएका जानकारी दिनुभएको छ । दश दिनमा नै काम पूरा हुन्छ भन्न सक्ने अवस्था नभएको उहाँले स्पष्ट गर्नुभएको छ ।
गभर्नर ग्रीनका अनुसार दर्जनौँ स्वयम्सेवक एवं कर्मचारीका साथै २० वटा तालिम प्राप्त कुकुरको सहायतामा खोजीलाई तीव्र गतिमा अघि बढाइएको छ । हराएका मानिसको सङ्ख्या दुई हजारको हाराहारीमा रहेकामा मोबाइल सेवा पुनः शुरु भएसँगै त्यो सङ्ख्या एक हजार तीन सयमा घटेको जानकारी उहाँले दिनुभएको छ ।
आगलागीबाट भएको वास्तविक क्षतिको विवरण सङ्कलन गर्न अरु केही समय लाग्ने गभर्नर ग्रीनले बताउनुभएको छ । पुनर्निर्माणका काम थाल्न समय लाग्ने तथा त्यो वर्षौँसम्म जारी रहने बताइएको छ । बाहिरी मानिसलाई पुननिर्माणका नाममा व्यावसायिक गतिविधि गर्न नदिइने पनि उहाँले बताउनुभएको छ । लहाइनाका स्थानीयको सहयोगमा पुनः स्थापना तथा पुनः निर्माणका काम शीघ्र अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।
लहाइनाका वासिन्दालाई उनीहरुका घर तथा घरका भग्नावशेषमा फर्कन दिइएको छैन । आगोले जीर्णर र जर्जर पारेका बेचखुचेका भवन ढल्न सक्ने भन्दै अधिकारीहरूले लहाइनालाई निषेधित क्षेत्र घोषणा गरेको त्यहाँको सरसफाइ तथा पुनःस्थापनाका काममा आफूलाई केन्द्रित गरेका छन् । निषेधाज्ञाको पालना नगरेकामा एक जनालाई पक्राउ गरिएको मौवी काउन्टीका एक प्रहरी अधिकृतले बताएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












