संसद्को अवरोध हट्यो, आज ३ बजे प्रतिनिधिसभा बैठक बस्ने
काठमाडाैँ । नेकपा एमालेले साउन १० गतेदेखि गर्दै आएको संसद् अवरोध हटेको छ।
सोमबार साँझ साढे ८ बजेदेखि झण्डै ११ बजेसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासहितको बैठकमा सहमति जुटेसँगै संसद् अवरोध हट्ने भएको हो।
संसद् बैठक आज (मंगलबार) बाट सञ्चालन हुने भएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै नेकपा एमाले अवरुद्ध गर्दै आएको संसद् बैठक सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै सुरु हुने भएको हो।
उच्चस्तरीय छानबिन समिति बनाउने र सो को ड्राफ्ट बिहान ११ बजेसम्म तयार गर्नेगरी सिंहदरबारबाट ७ दलका नेताहरू उठेका छन्।
सोमबार साँझ ढिलोगरी सुरु भएको बैठकमा सहमति भएसँगै मंगलबार दिउँसो ३ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अुनसार छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको हो।
नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधका कारण संसद् चल्न सकेको थिएन।
‘उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफ्नो मत आज पनि राख्यौं। सरकारले पनि समिति बनाउन तयार रहेको कुरा आएको छ। दलहरुका नेताहरुमा पनि सहमति भएको छ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने।
साथै, उक्त विषयमा कार्यविधि कसरी बनाउने भनेर तीन सदस्यीय समिति बनाइएको छ।
समितिको टिओआर बनाउन नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई अनौपचारिक जिम्मेवारी दिइएको छ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












