वाग्नर समुहका प्रमुखको हवाई दुर्घटनामा मृत्यु
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि विद्रोह गर्ने रुसको एक निजी सेना वाग्नरका प्रमुखको हवाई दुर्घटनामा परि निधन भएको छ । निजी सेना वाग्नर समुहका प्रमुख येभगेनिभ प्रिगोजिनको गए राति हवाई दुर्घटनामा परि मृत्यु भएको समाचार संस्था रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यस्तो खबर दिएको हो । उनि सँगै दुर्घटनामा परि बाँकी १० सैनिको पनि मृत्यु बएको बताइएको छ ।
जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेका येभगेनीको बुधबार राति दुर्घटनामा परि निधन भएको हो ।
करिब डेढ वर्ष अघि देखी रुस र छिमेकी मुलुक युक्रेन बिच युद्ध चलिरहेको छ । उक्त युद्धमा परि दुवै तर्फका लाखै सेना मरेका छन् भने करोडौ मानिस यसले प्रभावित भएका छन् । युद्ध कहिले र कसरि सकिने अझै अनिश्चित जस्तै छ । मुलत नेटोसमुह र रुस बिच जस्तो देखिने यो युद्धले विश्वलाई नै ठुलो समस्यामा पारेको छ । यहि युद्धकै बिच रुसिकै स्थानिय निजी सेना समुहले राष्ट्रपति माथि आक्रमण गरे पछि रुस गृह युद्धमा जाने निश्चित जस्तै थियो तर उक्त समस्यालाई अर्का छिमेकी राष्ट्र बेलारुसका राष्ट्रपतिले २४ घण्टा भित्रै साम्य पारेका थिए । तिनै सेनका प्रमुखको गए राति दुर्घटनामा निधन भएको हो ।
रोयटर्सले दिएको जानकारि अनुसार यो दुर्घटना बुधबार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनीको नाम यात्रु सूचीमा रेहेको मात्रै जानकारि दिएको छ ।
राष्ट्रपति माथि आक्रमण भएपछि महिनौ सम्म हराएका प्रिगोजिन दुई दिन अघि अफ्रिकामा भिडियोमा सैन्य पोशाकमा देखापरेका थिए । उनि कहिले र कसरि रुस पुगे भन्ने खुलाएको छैन् ।
सामाजिक सञ्जालमा दुर्घटनाका केही भिडियोहरू छन्, यद्यपि यसको प्रामाणिकता पुष्टि हुन बाँकी रहेको स्रोतले जनाएको छ।
जुन १ सन् १९६१ मा सेन्ट पिटर्सबर्गमा जन्मिएका प्रिगोजिन कुनै समय राष्ट्रपति पुटिनका साथि समेत थिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











