मधुशालामा गोली चल्दा चार जनाको मृत्यु
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोलीहानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन् ।
‘घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको छ,’ ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।
बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’हरूको लागि लोकप्रिय मानिन्छ । आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।
अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन्भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् । बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












