महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको आन्दोलन चर्किँदै, क्याम्पस प्रमुखसहित ४ जनालाई कार्यकक्षमै थुनिदिए
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका हुन् । स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।
इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिएका थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूलाई कार्यकक्षमा विद्यार्थीले थुनेका हुन् । क्याम्पसले इन्टर्नसिप रिपोर्टको शुल्क यस अगाडि १ हजार रुपैयाँ लिँदै आएको थियो । उक्त शुल्क क्याम्पस प्रशासनले एकैचोटी तीन हजार रुपैयाँ पुर्याएपछि आन्दोलनरत विद्यार्थीहरु आन्दोलित भएको स्ववियु सभापति जोसवन पौडेलले जानकारी दिए ।
‘विद्यार्थीहरूलाई जानकारीविना क्याम्पस प्रशासनले आफूखुशी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णय सच्याउन भनेका थियौं’, उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुखसहित शिक्षकहरूलाई कार्यकक्षमा थुनेका छौं ।’ विद्यार्थीहरूले इन्टर्नसिप रिपोर्टको साबिकको शुल्क कायम गरिनुपर्ने भन्दै २४ घण्टाको समय दिएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












