सीआईबीले दुःख दियो पूर्व गृहसचिवलाई
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको प्रतिवेदनअनुसार २९० जनामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जसमध्ये चारजना पूर्वमन्त्री र ६ जना पूर्वसचिव रहेका छन् । यो घटनाले पूर्वसचिव नारायणगोपाल मलेगो मानसिक तनावमा परेका छन् । उनले भौतिक मन्त्रालयमा सहसचिव हुँदा तत्कालीन सचिव दीप बस्न्यातको आदेशबमोजिम बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारको योजना कार्यान्वयन गर्न सामान्य टिप्पणी लेखेका थिए ।
२०६७ असार १८ गते मलेगोले लेखिएको टिप्पणीमा’ श्रीमान, ऐन नियम परामर्श शाखाको रायबमोजिम हुन निर्णायार्थ पेश गरेको छु’ मात्र भनिएको छ । सरकारी कामकाजको भाषामा यस्तो टिप्पणी लेख्ने सामान्य प्रचलन हो । यो बाहेक ललिता निवासको जग्गासम्बन्धी विवादको कुरा त्यतिबेला उनलाई थाहा पनि थिएन । २०६६ चैत २९ र २०६७ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा मलेगोले उक्त टिप्पणी लेखेका थिए ।
शरदाप्रसाद त्रिताल आयोग बनेपछि त्यसैको आधारमा उनलाई बयान लिन अख्तियारले बोलाएको थियो । अख्तियारमा पनि उनीले आफूले गरेको टिप्पणी स्वीकारेका थिए । त्यसपछि अख्तियारले ‘क्लिन चिट’ दियो । पछि अनुसन्धान गर्ने क्रममा सिआइबीले बोलायो । उनी गएर बयान दिए । त्यतिबेला सिआइबीमा दिएको बयान सिआइबीको प्रतिवेदनमा सुरक्षित छ ।तर,अहिले एकाएक पूर्वसचिवमाथि पक्राउ पूर्जी जारी भएको खबरले उनी झस्किए । खबर पढेपछि उनी आफैँले सिआइबीमा फोन गरेर यस्तो समाचार आयो के हो ? भन्दा सिआइबीले जवाफ दिएन ।
सीआइबीको पत्र कुर्दाकुर्दा एक महिनाबित्यो । तर, पक्राउ पूर्जी पनि आएन । बयान दिन पनि बोलाएन । एकैपटक आफलाई पनि सिआइवीले प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा उनी दुःखी बनेका छन् । अख्तियारले त्यतिबेला १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दासमेत आफनो नाम नपरेकोमा अहिले आफनो नाम कसरी पर्यो यो कस्तो अनुसन्धान हो ? प्रतिप्रश्न गर्छन् मलेगो । त्यसमाथि सरकारी कर्मचारीको हैसियतले गरेका काम कारबाही कसरी कीर्ते ठहर हुन्छ ? कीर्तेको परिभाषा के हो ? हचुवाको भरमा जीवनभर सरकारी सेवामा इमान्दारसाथ बिताएका पूर्वगृहसचिव समेत भएका कर्मचारीमाथि हचुवाको भरमा यस्तो मुद्दा चलाउन मिल्छ ? प्रश्न गर्छन्, मलेगो ।
मलेगो भन्छन्, ‘कुनै पनि अपराध प्रमाणित नभई कीर्ते जालसाजीमा मुद्दा चलाउन पाइन्न।’ सिआइबीको काम अनुसन्धान गर्ने हो, प्रमाणित भएमा मात्र मुद्दा चलाउने हो । तर, मलेगोको हकमा सिआइवीले हचुवाको भरमा मुद्दा चलाएको देखिन्छ । सिआइबीको यस्तो कामले सिआइबीको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ । सुरुमा संगठित अपराध ऐनअनुसार अनुसार कारबाही थालेको सिआइवीले संगठित ऐन २०७० मा आएको र यो मुद्दा त्यो ऐनबमोजिम चल्न सक्दैन भन्ने कुरा पनि थाहा रहेनछ । त्यसैले सरकारी वकिलको यो मुद्दा कीर्ते जालसाजी अन्तर्गत अदालतमा दायर गरेको छ । स्रोत: दृष्टि साप्ताहिक
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












