सीआईबीले दुःख दियो पूर्व गृहसचिवलाई
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको प्रतिवेदनअनुसार २९० जनामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जसमध्ये चारजना पूर्वमन्त्री र ६ जना पूर्वसचिव रहेका छन् । यो घटनाले पूर्वसचिव नारायणगोपाल मलेगो मानसिक तनावमा परेका छन् । उनले भौतिक मन्त्रालयमा सहसचिव हुँदा तत्कालीन सचिव दीप बस्न्यातको आदेशबमोजिम बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारको योजना कार्यान्वयन गर्न सामान्य टिप्पणी लेखेका थिए ।
२०६७ असार १८ गते मलेगोले लेखिएको टिप्पणीमा’ श्रीमान, ऐन नियम परामर्श शाखाको रायबमोजिम हुन निर्णायार्थ पेश गरेको छु’ मात्र भनिएको छ । सरकारी कामकाजको भाषामा यस्तो टिप्पणी लेख्ने सामान्य प्रचलन हो । यो बाहेक ललिता निवासको जग्गासम्बन्धी विवादको कुरा त्यतिबेला उनलाई थाहा पनि थिएन । २०६६ चैत २९ र २०६७ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा मलेगोले उक्त टिप्पणी लेखेका थिए ।
शरदाप्रसाद त्रिताल आयोग बनेपछि त्यसैको आधारमा उनलाई बयान लिन अख्तियारले बोलाएको थियो । अख्तियारमा पनि उनीले आफूले गरेको टिप्पणी स्वीकारेका थिए । त्यसपछि अख्तियारले ‘क्लिन चिट’ दियो । पछि अनुसन्धान गर्ने क्रममा सिआइबीले बोलायो । उनी गएर बयान दिए । त्यतिबेला सिआइबीमा दिएको बयान सिआइबीको प्रतिवेदनमा सुरक्षित छ ।तर,अहिले एकाएक पूर्वसचिवमाथि पक्राउ पूर्जी जारी भएको खबरले उनी झस्किए । खबर पढेपछि उनी आफैँले सिआइबीमा फोन गरेर यस्तो समाचार आयो के हो ? भन्दा सिआइबीले जवाफ दिएन ।
सीआइबीको पत्र कुर्दाकुर्दा एक महिनाबित्यो । तर, पक्राउ पूर्जी पनि आएन । बयान दिन पनि बोलाएन । एकैपटक आफलाई पनि सिआइवीले प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा उनी दुःखी बनेका छन् । अख्तियारले त्यतिबेला १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दासमेत आफनो नाम नपरेकोमा अहिले आफनो नाम कसरी पर्यो यो कस्तो अनुसन्धान हो ? प्रतिप्रश्न गर्छन् मलेगो । त्यसमाथि सरकारी कर्मचारीको हैसियतले गरेका काम कारबाही कसरी कीर्ते ठहर हुन्छ ? कीर्तेको परिभाषा के हो ? हचुवाको भरमा जीवनभर सरकारी सेवामा इमान्दारसाथ बिताएका पूर्वगृहसचिव समेत भएका कर्मचारीमाथि हचुवाको भरमा यस्तो मुद्दा चलाउन मिल्छ ? प्रश्न गर्छन्, मलेगो ।
मलेगो भन्छन्, ‘कुनै पनि अपराध प्रमाणित नभई कीर्ते जालसाजीमा मुद्दा चलाउन पाइन्न।’ सिआइबीको काम अनुसन्धान गर्ने हो, प्रमाणित भएमा मात्र मुद्दा चलाउने हो । तर, मलेगोको हकमा सिआइवीले हचुवाको भरमा मुद्दा चलाएको देखिन्छ । सिआइबीको यस्तो कामले सिआइबीको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ । सुरुमा संगठित अपराध ऐनअनुसार अनुसार कारबाही थालेको सिआइवीले संगठित ऐन २०७० मा आएको र यो मुद्दा त्यो ऐनबमोजिम चल्न सक्दैन भन्ने कुरा पनि थाहा रहेनछ । त्यसैले सरकारी वकिलको यो मुद्दा कीर्ते जालसाजी अन्तर्गत अदालतमा दायर गरेको छ । स्रोत: दृष्टि साप्ताहिक
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












