चीनले बनाइदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोगमा नआउनु नेपालले लाभ लिन नसक्नु हो: चिनियाँ राजदूत सोङ् (कार्यक्रमका फोटोसहित)
काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत छन् सोङ्ले नेपालमा निर्यातजन्य बस्तु नभएकाले चीन सरकारले बनाइदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोग गर्नुपर्ने सुविधाबाट नेपालले लाभ लिन नसकोको बताउनु भएको छ । शनिबार काठमाडौंमा फाउण्डेसन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत सोङ्ले चीन सरकारले बनाईदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोगमा नआउनु नेपालले लाभ लिन नसक्नु रहेको बताउनु भएको हो।
उहाँले चीनको आर्थिक बिकास खुल्लापन र बजार अर्थतन्त्रबाट भएको भनाई गलत भएको बताउँदै दुईदशक चलेको राजनीतिक,आर्थिक व्यवस्थाले चिनियाँ अर्थतन्त्रको मजवुत जग खडा भएको र पछि अपनाईएको खुलापनको नितिबाट लाभ लिन सकिएको बताउनुभयो । उहाँले नेपालको पोटेन्सियल सेक्टर कृषि भएकाले गुणस्तर कृषिजन्य सामाग्री उत्पादन भए चीनले जति पनि खरिद गर्न सक्ने बताउनु भयो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआई लगायतका कार्यक्रमलाई राष्ट्रियता प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो । उहाँले चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चूनौती दुवै रहेको बताउनु भयो ।
सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै राष्ट्रियतालाई मजबूत बनाउँदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गर्नुभयो । मुलुकमा परिवर्तन आएपनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था र उद्योगधन्दाहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुु भयो ।
सभामुख घिमिरेले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्ने धारणा राख्नुुभयो । कार्यक्रममा पूर्वराजदूत महेन्द्र पाण्डे, डा. भरत पोखेल, डा. कल्याण रोक्का, पूर्वपरराष्ट्रमन्त्री डा. बिमला राई पौडेल, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं लगायतले धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता पूर्वपर्यटनमन्त्नी आनन्दप्रसाद पोखरेलले गर्नु भएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












