सरकारले ५८ जना सहसचिवको सरुवा गर्यो, को कहाँ ?(सूचीसहित)
काठमाडौ । सरकारले एकै साथ ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो । संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला मन्त्रालयमा सहसचिवहरु सुमन दाहाल र डा। नारायणप्रसाद रेग्मी आएका छन् ।
होमप्रसाद लुइँटेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ । उमेश ढुंगानाको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट लुम्बिनी प्रदेशको उद्योग तथा पर्याटन मन्त्रालयमा सरुवा भएको छ । खरिद अनुगमन कार्यालयमा विष्णुप्रसाद शर्मालाई ल्याइएको छ ।रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । यसैगरी दिवश आचार्यलाई राष्ट्रिय सूचना आयोगबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ ।
सुशील ढकाललाई प्रदेश प्रुमखको कार्यालय बाग्मती, प्रदीप परियारलाई राष्ट्रिय योजना आयोग, बिनु बज्राचार्य कुँवरलाई शहरी विकास मन्त्रालय, कृष्णप्रसाद पन्थलाई राष्ट्रिय सतर्कता केन्द्र, अरुण पोखरेललाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम, यमुना प्रधानलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी, महेश अचार्यलाई अर्थ मन्त्रालय, प्रकाश दाहाललाई आन्तरिक मामिला तथा योजना मन्त्रालय बाग्मती, उद्धवप्रसाद रिजाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ज्ञानराज सुवेदी तथा शिवप्रसाद रेग्मीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी बैकुण्ठनिधि शर्मालाई आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम, महेश बराललाई राष्ट्रिय योजना आयोग, प्रदीपकुमार कोइरालालाई वन तथा वातावरण मन्त्रालय, यज्ञप्रसाद ढुंगेल र शिवराम न्यौपोनेलाई लोकसेवा आयोग, तोयारनारयाण सुवेदीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, मनोजकुमार आचार्यलाई रक्षा मन्त्रालय, तीर्थराज चिलवाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सरेश न्यौपानेसहित माधव प्रसाद पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
बद्रीकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी, शिवराम गेलालसहित टुवराज पोखरेललाई गृह मन्त्रालय, बद्रीनाथ अधिकारीलाई सामाजिक विकास मन्त्रालय गण्डकी, कृष्णप्रसाद सापकोटालाई भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय, मनमाया पंगेनी भट्टराईलाई राष्ट्रिय योजना आयोग, ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरपालिका, सुशील वैद्यसहित झलकराम अधिकारी र तुल्सीराम भट्टराईलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूह, उद्धबहादुर घिमिरेसहित मोहनराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालय, डा। नम्रता सिंहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शरणकुमार पाण्डेलाई मधेश प्रदेशको भूमि व्यवस्था मन्त्रालय र राजेन्द्र कोइरालालाई बाग्मतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
रवीन्द्र बोहोराले सार्वजनिक खरिद अनुगमन कार्यालय, निरा रिजालले शहरी विकास मन्त्रालय, तुल्सीराम भट्टराईले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, डा। सन्तोष कैनीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, राजेनद्रप्रसाद भण्डारीले लुम्बिनीको खानेपानी मन्त्रालय, गणेशराज वस्तीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी, जकी अहमद अन्सारीले खानेपानी मन्त्रालय, इन्द्रदेव भट्टले बाग्मतीको खानेपानी मन्त्रालय र मोहनकुमार शाक्यले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।जीवनाथ पौडेलले सुदूरपश्चिमको उद्योग पर्यटन मन्यालय, वेदकुमार ढकालले वन तथा वातावरण मन्त्रालय, अशोकुमार साहले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र डा। सञ्जीवकुमार राईले वन तथा वातावरण मन्त्रालयमा सरुवा पाएका छन् ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












