किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक छ: परराष्ट्र मन्त्री साउद
काठमाडाैँ ।किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन्।
बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको र चीन सरकार पनि नाका खुलाउने बिषयमा सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
उनले यहि २३ सेटेम्बर तारिख देखि सम्मानीय प्रधानमन्त्री ज्यूको चीन भ्रमण स्वीकृत भईसकेको छ। प्रधानमन्त्री ज्यूको भ्रमणमा चीन सरकारसँग किमाथांका नाका खुलाउने बिषयको समेत एजेन्डा राखिएको हुदाँ चाँडै खोलिने बताए।
परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउर्दै एक–आपसमा ब्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत्त र सहरीकरण लगायतको विकास योजनाको लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए।
‘चीनसँग विद्युत्तको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने बिषयमा पनि अघि बढेको छ। किमाथांका नाकालाई शहरीकरण बनाउने लगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौ, यो बिषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ, मन्त्री साउदले भने।
परराष्ट्र मन्त्री साउद खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भारतीय राजदुतावासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न आएका हुन्।
आज दिउँसो सो भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भवन उद्घाटन गर्न नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव समेत आएका छन्। परराष्ट्र मन्त्री साउद भोली मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ भने राजदुत श्रीवास्वत भने आजै फर्किनेछन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












