किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक छ: परराष्ट्र मन्त्री साउद
काठमाडाैँ ।किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन्।
बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको र चीन सरकार पनि नाका खुलाउने बिषयमा सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताएका हुन्।
उनले यहि २३ सेटेम्बर तारिख देखि सम्मानीय प्रधानमन्त्री ज्यूको चीन भ्रमण स्वीकृत भईसकेको छ। प्रधानमन्त्री ज्यूको भ्रमणमा चीन सरकारसँग किमाथांका नाका खुलाउने बिषयको समेत एजेन्डा राखिएको हुदाँ चाँडै खोलिने बताए।
परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउर्दै एक–आपसमा ब्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत्त र सहरीकरण लगायतको विकास योजनाको लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए।
‘चीनसँग विद्युत्तको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने बिषयमा पनि अघि बढेको छ। किमाथांका नाकालाई शहरीकरण बनाउने लगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौ, यो बिषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ, मन्त्री साउदले भने।
परराष्ट्र मन्त्री साउद खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भारतीय राजदुतावासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न आएका हुन्।
आज दिउँसो सो भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भवन उद्घाटन गर्न नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव समेत आएका छन्। परराष्ट्र मन्त्री साउद भोली मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ भने राजदुत श्रीवास्वत भने आजै फर्किनेछन्।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












