संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत होः डा. भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कोशी प्रदेशमा सरकार गठनको अभ्यास र अदालतको आदेशलाई संकेत गर्दै भट्टराईले हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरेका छन्।
अहिलेको सत्ताधारी पक्षले कोशी प्रदेशमा दुई–दुईपटक संविधान र कानुन मितेर अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गरेको र अन्तत: सर्वोच्च अदालतले त्यसलाई डण्डित गरेको भट्टराईको भनाइ छ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्ने भयो! पहिलेको सत्ताधारी पक्षले जानीजानी दुई–दुईपटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत् सच्याइएको थियो।
त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नम्बर (कोशी) प्रदेशमा त्यसरी नै दुई–दुईपटक संविधान र कानुन मिचेर सभामुख/सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गर्यो।
हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो। यसैलाई देखाएर देशी र विदेशी पुनरूत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्दत भैरहेछन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी/बाबाहरूको भेषमा जनताको अग्रगामी/लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक हो।
यो संगीन घडीमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको छ। अब यसवारे कुनै किन्तुपरन्तु गर्ने ठाउॅ र समय रहेन। देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बनौं; आवश्यक पहल गरौं!’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












