भूकम्पबाट मोरक्कोमा दुई हजार भन्दा बढिको मृत्यु
काठमाडौं । मारक्कोेमा भूकम्पका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरीकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमीटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार ११ बजे आएको भूकम्पको गहिराई १८.५ किलोमिटर रहेको बताइएको छ ।
शनिबार रातिसम्म १ हजार २ सय जना घाइते रहेको अल जजिराले उल्लेख गरेको छ । मोरक्कोका आन्तरीक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरु पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरु घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानिय सञ्चार माध्यमले जानाएका छन् । यस्तै घाइतेहरुको उपचारका लागि सरकारी अधिकारसहित स्वयंसेवक खटिरहेका छन् ।
भूकम्पका कारण मोरक्कोमा भएको क्ष्यतिप्रति दुःख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरुले समवेदना प्रकट गरेका छन् । युक्रेनाका राष्ट्रपति भोलोदिमिर जेलेन्कीले उक्त घटना प्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरुको शीघ्र स्वस्थ्यलाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले व्यहोर्नुपरेको पीडाप्रति युक्रेनले समवेदना प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् ।
टर्कीका राष्ट्रिपति रेसप तैय्यप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरु तयार रहेको भन्दै घटनाप्रति दुःख व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका छन् । मोरक्को भूकम्पप्रति दुःख र समवेदना व्यक्त गर्दै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ, बाइडेनले उल्लेख गरेका छन् । यस्तै चिनियाँ राष्ट्रिपति सी चिनफिङले पनि मोरक्कोलाई समवेदना सन्देश पठाएका छन् ।
यस्तै रेडक्रसको अन्तराष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घण्टाको अवधिमा आपत्कालिन उद्धार टोली खटाउन सकिने जनाएको छ । यसैबिच मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने नभएको सरकारले जनाएको छ । भूकम्पपछि दर्जनौं परकम्पहरु गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन् । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिसालि भूकम्पले ठूलो क्षति पुर्याएका थिए । २००४ मा शक्तिसाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६०को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











