नेम्वाङका कान्छा छाेरा सुहाङ भन्छन्– बुबाका धेरै काम पूरा गर्न पार्टीले आत्मबल देओस्
काठमाडाैँ । हृदयाघातका कारण हालै निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाले गर्न बाँकी रहेका काम पूरा गर्न आफूलाई पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका एमाले नेताहरूप्रति आभार प्रकट गर्दै उनले बुबाले मुलुकका लागि धेरै काम गरेको र अझै धेरै काम गर्न बाँकी नै रहेको उल्लेख गरे ।
‘हाम्रो परिवारलाई र नेपाललाई ठूलो क्षति भएको अवस्थामा श्रद्धाञ्जली र आत्मबल प्रदान गर्न आउनुभएकाेमा म र हाम्रो परिवार एकदमै आभारी छौँ’, सुहाङले भने, ‘उहाँ (बुबा सुवास नेम्वाङ)ले गर्नुभएका र अझै गर्नुपर्ने धेरै कामहरूको लागि हजुरहरूले साथ र आत्मबल प्रदान गर्नुहुनेछ ।’
सुहाङ अधिवक्ताका रूपमा कार्यरत छन् । उनले बुबाको राजनीतिमा समेत सहयोग गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











