चीनबाट फर्के लगत्तै एमाले महासचिव पोखरेलले भेटे पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरेका छन् ।
चीन भ्रमण सकेर नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्।
सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’
चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट’ भण्डारीसँगको फोटो सार्वजनिक गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्व राष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईले सोमबार मध्याह्नतिर भेटघाट भएको जानकारी दिए । ‘पूर्व राष्ट्रपतिलाई पछिल्लो केही दिनयता सन्चो थिएन । अलि सन्चो भएपछि सोमबार मध्याह्न एमाले महासचिवसँग भेट गर्नुभएको हो,’ राईले लोकान्तसँग भने, ‘तर दुईजनाबीच मात्रै भेट भएकोले के कुरा भयो भन्नेबारे हामीलाई जानकारी भएन ।’
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै सन्देश दिने हिसाबले पोखरेलले पूर्वराष्ट्रपतिलाई भेटेका हुन् ।
पोखरेलले यस्तो लेखेपछि शुभेच्छुकले एमालेको नेतृत्व परिवर्तन र कम्युनिस्टबीच एकता गर्न चीनले गरेको म्यासेज रिले गर्न भेटघाट गरेको हुन सक्ने टिप्पणी गरेका छन् । कतिपयले अब एमालेको अध्यक्ष केपी ओलीको विकल्प खोज्न पनि सुझाएका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












