राष्ट्रिय उपलब्धिहरुलाई समाप्त पार्ने खेल भइरहेको छः ओली
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धिहरूलाई समाप्त पार्ने खेल भइरहेको बताएका छन्।
संविधान दिवसको सन्दर्भमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताएका हुन्।
‘हामी नेपाल सचेत र सजग रहनुपर्छ। हाम्रा उद्देश्य, कर्तव्य र हाम्रो एकतालाई बिर्सन र कमजोर बनाउन दिनुहुँदैन,’ उनले भने, ‘हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान हो। जनताका लागि जनताले बनाएको संविधान हो। कहीँ कतै हाम्रा उपलब्धीहरूलाई समाप्त पार्न खोज्ने, या त अभिव्यक्तिबाट, या ता क्रियाकलापबाट, यस्ता प्रयासहरू भइरहेको छ।’
जुनसुकै नाम, आवरणको भए पनि राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरू सकारात्मक कुरा हुन नसक्ने उनको भनाइ थियो।
‘विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रवृत्तिहरू अनेकौं प्रकारका क्षेत्रीयतावादी, साम्प्रदायिक, जातीयतावादी, राजनीतिक नाममा हुने, गरिने त्यस्ता उच्छृङ्खल गतिविधिहरू राष्ट्रिय एकताको पक्षधर हुन सक्दैनन्,’ उनले भने।
राष्ट्रिय एकताको भावनालाई क्षीण बनाउने गतिविधि हुँदा सरकारले देखावटी कुरा गर्नु नहुने उनको जोड छ। सरकारले भित्र एउटा, बाहिर अर्को कुरा गर्दा राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने उनले बताए। संविधान दिवसको अवसरमा जनस्तरबाट कार्यक्रम आयोजना गरेको एमालेले बताएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












