एमाले बागमती प्रदेशको आज नेतृत्व छान्न मतदान, कर्णालीमा चुनावी प्रक्रिया सुरु हुँदै, कोशीको उद्घाटन
काठमाडौं । नेकपा एमालेले विभिन्न प्रदेशको अधिवेशन जारी राखेको छ । यसैक्रममा बागमती, कर्णाली र कोशी प्रदेश अधिवेशनको चटारो यतिबेला छ । बागमती प्रदेशमा नेतृत्व छान्न आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशनको आज उद्घाटन हुँदैछ ।
नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न बिहानदेखि मतदान शुरु गर्ने तयारी छ ।ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदानको तयारी भैरहेको छ । बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।
हिजोका लागि तय भएको मतदानलाई रोकेर गरिएको छलफलपछि अध्यक्ष उम्मेदवारहरु केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको एमाले स्थायी कमिटी सदस्य एवं निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बताउनुभयो । असोज ८ गते भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।
यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको चुनावी प्रक्रिया आजदेखि शुरु हुँदैछ । नेताहरुका अनुसार कर्णालीमा गुलाबजङ्ग शाह र गोरखबहादुर बोगटीबिच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ । तर सहमतिका लागि निरन्तर प्रयास भइरहेको छ ।
यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ मा जनकपुरमा हुनेछ । प्रथम अधिवेशनका लागि हिजो नारा र लोगो समेत सार्वजनिक गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन असोज २१ र २२ गते हुँदैछ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












