विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ ।
यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार प्रमुख पाँचभित्र पर्न सफल भएको हो ।
एफएओका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसियापछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो । नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको एफएओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो । उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ ।
नेपालबाट अदुवाको निर्यात
नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।
नेपालले २०८० को साउन र भदौ महिनामा २६ लाख १४ हजार १७८ केजी अदुवा निर्यात गरेको छ । यो अवधिमा भारत र कतारले नेपालको अदुवा आयात गरेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा मा नेपालले १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २ करोड ३० लाख १३ हजार ६८२ केजी अदुवा निर्यात गरेको थियो ।
गत आर्थिक वर्ष नेपालले बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी र कतारमा अदुवा निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा ठूलो मात्रमा निर्यात हुने वस्तुको सूचीमा अदुवा २४औं नम्बरमा रहेको थियो ।
आर्थिक वर्ष २०७८–७९ मा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












