विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ ।
यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार प्रमुख पाँचभित्र पर्न सफल भएको हो ।
एफएओका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसियापछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो । नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको एफएओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो । उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ ।
नेपालबाट अदुवाको निर्यात
नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।
नेपालले २०८० को साउन र भदौ महिनामा २६ लाख १४ हजार १७८ केजी अदुवा निर्यात गरेको छ । यो अवधिमा भारत र कतारले नेपालको अदुवा आयात गरेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा मा नेपालले १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २ करोड ३० लाख १३ हजार ६८२ केजी अदुवा निर्यात गरेको थियो ।
गत आर्थिक वर्ष नेपालले बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी र कतारमा अदुवा निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा ठूलो मात्रमा निर्यात हुने वस्तुको सूचीमा अदुवा २४औं नम्बरमा रहेको थियो ।
आर्थिक वर्ष २०७८–७९ मा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












