भारतबाट आउनेका लागि ६ स्थानमा सहायता कक्ष स्थापना
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
दसैँ र तिहारका बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । तोकिएकोभन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्याउन यात्रु सहायता कक्षमार्फत काम गरिनेछ ।
प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ । सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन् । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
खसी विवादपछि कुटाकुट हुँदा एक जनाको मृत्यु !
काठमाडौं । बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान जिल्लाको नेपालगन्ज...
-
डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडाैं । नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब...
-
धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ
काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल...
-
पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारबाट बाहिरिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार...
-
सवारी दुर्घटनामा टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु
काठमााडौं । बारा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।...
-
दुई मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु
काठमाडौं । बर्दियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका – २...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...












