कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधीलाई सरकारले आममाफि दिन मिल्छः गगन थापा
काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले कानुनमा भएका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधीलाई पनि सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै विरोध गरेका छन्।
चेतन मानन्धरको हत्या गरि सर्वस्वहरण सहित जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि सरकारको चौतर्पिm विरोध भइरहेको छ। चेतनकी श्रीमती भारतीले रिगललाई पुन जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन बसेकि छन् ।
‘आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले, संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ। सरकारले यस विषयमा सदनलाई जबाफ लिनुपर्छ ।
सरकार जवाफदेही हुनुपर्ने उनले बताउँदै थापाले, ‘निर्णय गरेर सरकार भाग्न पाउँदैन,’ उनले भने, ‘यसको जवाफ चाहिन्छ। किन गरेको हो ? यत्रो सार्वजिनक प्रश्न उठेको छ।’
उनले आममाफी दिन सक्नेछ भन्ने विषयलाई नियमजस्तो बनाइएको र गम्भीर अपराधिलाई पनि छुटाइएकोमा आपत्ति जनाएका छन्।
‘अब दुई वा तीन वटा कानुनमा टेकेर आममाफी दिन नपाइने बनाउनुपर्छ, छिद्र टाल्नुपर्छ। एउटा कानुनमा टेकेर मात्र दिने व्यवस्था गर्नुपर्छ। कानुनको अपव्याख्या भएको र स्वेच्छाचारीता बढेकोले सबै कानुन फिर्ता ल्याएर एकीकृत गरी संशोधनसहित अपव्याख्या हुन नसक्ने गरी कानुन सांसदहरूले बनाउनुपर्छ,’थापाले भने।
कानुन बनाएन भने फागुन ७ मा फेरि यस्तै आममाफीका घटना आउने र पटकपटक छलफल गरिराख्नुपर्ने पनि उनले बताए।
‘यो सन्दर्भमा सरकारलाई जवाफ देऊ र प्रष्ट पार र कानुन एकीकृत गर भनेर सभामुखले रूलिङ गर्नुपर्छ,’ उनले भने, ‘राज्यसँग वैधानिक अधिकार छ तर प्रयोग राम्रोसँग गरेन भने नागरिकको वैद्यता गुमाउँछ।’ सरकारले कानुन मिच्न र विधिको उपहास गर्न नपाउने उनले बताए ।
‘हामीले बनाएको कानुनको अपव्याख्या र दुरूपयोग भएकोले सच्याउनुपर्छ,’ उनले भने, ‘जुन बेला जसलाई माफी दिनुपर्ने छ, टपक्क टिपेर, कुनैबेला मुलुकी फौजदारी सहिंता, कुनैबेला कसुर, निलम्बन भइसकेको कारागार नियमावली र अदालत आदेश मात्रै पनि टिपेर आममाफी दिइएको छ।’
कानुनमा लेखिए पनि प्रक्रिया नपुर्याई कसैलाई आममाफी दिन नमिल्ने थापाले बताए। फरक समयमा फरक कानुन टेक्दै आममाफीका निर्णय हुने गरेको अध्ययनबाट पाइएको उनको भनाई छ ।
०७५ सालदेखि ०८० असोज ३ सम्म छ हजार सात सय ४६ जनाले आममाफी पाएको समेत थापाले बताए।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











