मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
काठमाडौं । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा ६ च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताएका छन् । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रि.वि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
काठमाडौं । गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।...
-
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकि...
-
आज राति २०२५ को पहिलो उल्का वर्षा हुने
काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार...
-
अमेरिकामा भवनमा विमान ठोक्कियो
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान भवनको छानासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। बिहीबार साँझ भएको यस दुर्घटनामा २ जनाको...
-
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा...
-
जापानमा नेपाली पुस्तकालय स्थापना
काठमाडौं । विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच...
-
पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी...
-
स्टिल प्लान्टमा आगलागी हुँदा चार कामदारको मृत्यु
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा मंगलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा चार कामदारको मृत्यु भएको छ भने...
-
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला...