स्थानीय तहका कर्मचारी ‘पेनडाउन’ गरी विरोधमा उत्रदाँ सेवाग्राही मर्कामा
काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारी पोनडाउन गरी विरोधमा उत्रेका छन् ।
स्याङ्जाका ११ वटै स्थानीय तहका कर्मचारी शुक्रबार हातमा कालो पट्टी बाँधेर अत्यावश्यक कामबाहेक सेवा ठप्प गरेर अन्दोलनमा उत्रेका हुन् ।
पालिका मुलगेटमा कालो व्यानर सहित विरोध जनाउँदै प्लेकार्ड बोकेर माग पूरा गर्न सरकारलाई दबाब दिइएको छ ।
शुक्रबार स्याङ्जाका ९७ वटै वडा र ११ वटै पालिकाबाट कुनै सेवाप्रवाह नभएको स्थानीय तहका कर्मचारी संघर्ष समिति स्याङ्जाले जनाएको छ । सामान्य सिफारीसमेत नगरिदिएपछि सेवाग्राही मर्कामा परेका छन् ।
एकृकित निजामती सेवा ऐन जारी गर, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर, अन्तर प्रदेश सरुवा लागू गर, तीनै तहका कर्मचारीलाई निजामती परिभाषामा समावेश गर, भन्दै पालिकाका मुलगेटमा नाराबाजी गरिएको छ ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरे बमोजिम शुक्रबारबाट अनिश्चतकालीन सेवा प्रवाह ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको वालिङमका संयोजक भवानी तिवारीले बताए ।
केन्द्रीय समितिले सबै कर्मचारीलाई काठमाडौ केन्द्रीत हुन आवहन गरेको छ, उनले भने, केन्द्रमा पुग्न नसक्ने साथीहरुले आआफ्नो स्थानीय तहमा आन्दोलन कायम राख्ने निर्देशन छ । सोही मुताबिक शुक्रबारदेखि कालो पट्टी बाँधेर पेनडाउन गरेका हौ ।
स्याङ्जाका स्थानीय तहका कर्मचारीले प्रमुख जिल्ला अधिकारीवमार्पmत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












