ताजा समाचार

टीआरसी विधेयकः उपसमितिले बुझायो प्रतिवेदन, चार विषयमा सहमति जुट्न बाँकी

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन गठित उपसमितिले प्रतिवदेन बुझाएको छ । केहि विषयमा असहमतिका बिच उपसमितिले प्रदेवेदन पेस गरेको हो ।

प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले संसदमा ल्याएको विधेयक काँटछाँट गरेर ल्याएको भन्दैअसहमति जनाउँदै आएको छ । एमालेको  असहमतिकै कारण उपसमितिमा सहमति नजुटेको हो । अहिले उपसमितिले सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने भन्न विषय पनि सहमति जुटाउन सकेको छैन ।

कानुन न्याय तथा मानवअधिकार समितिले ५ जेठमा उपसमिति बनाएको थियो । प्रमुख दलका नेताहरुबीच भएको छलफलका आधारमा उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएको छ । मंगलबार बसेको समितिको बैठकमा उपसमिति सदस्य रमेश लेखकले प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा सहमति जुटाउन नसकिएका चार वटा विषयहरु 

1.मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय

2.सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय ।

3.मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय ।

4.घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org