चाडपर्व लक्षित देशभर साढे ७ सय ३९ स्थानमा नागरिक सहायता कक्ष स्थापना
काठमाडौं । चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल(एपीएफ) ले देशभर साढे ७ सय स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । दसैं,तिहार, नेपाल संवत् तथा छठपर्व सुरक्षार्थ सवारी आवागमन र सुरक्षा रणनीतिअन्तर्गत नेपाल प्रहरीले करिब ६ सय र सशस्त्र प्रहरीले १ सय ५५ स्थानमा सहायता कक्ष स्थापना गरेका हुन् । प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने जनाईएको छ । प्रहरीले देशभित्रका मुख्य सहर र भीडभाड हुने स्थानमा सहायता कक्षलाई केद्रित गरेको छ । सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले उपत्यका र सातवटा प्रदेशमा जनपद प्रहरीका २ सय ७६ स्थान, ट्राफिक प्रहरीका २ सय ५८ र जनपद प्रहरीकै ५० ठाँउमा सीमा आवागमन तथा सुरक्षार्थ डेस्क स्थापना गरिएको बताए । यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्रै १४ ठाँउमा ट्राफिक प्रहरीका यात्रु सहायता कक्ष र जनपदका ३१ ठाँउमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । उपत्यकाका तिन जिल्लामध्ये सबैभन्दा बढी आवागमन र भीडभाड काठमाडौंमा हुने गर्छ । सहायता कक्षबाहेक काठमाडौंमा नियमित र अरु छड्के टोलीलाई नियमितबाहेक पर्व सुरक्षामा समेत काम गर्न निर्देशन दिइएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले चाडपर्वका समयमा अरु बेलाभन्दा बढी भीडभाड, आवागमन र आर्थिक कारोबार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यहीअनुसार गर्न आवश्यक रहेको बताए । हामीले जोखिमको विश्लेषण गरेर सोहीअनुसारको प्रबन्ध मिलाएका छौं । त्यो पटक प्रहरीले सीमा क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गर्न कुकुरसहितको संयन्त्र पनि तैनाथ गराएको छ । सीमामा स्थापना भएका डेस्कमा हातहतियार तथा विस्फोटक पदार्थ र लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको अनुसन्धान संयन्त्र तैनाथ गराईएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।
त्यसैगरि सशस्त्र प्रहरीले देशभर १ सय ५६ स्थानमा डेस्क स्थापना गरेकोमा त्यसमध्ये ३३ ठाँउमा स्वास्थ्य परीक्षणसहितको व्यवस्था मिलाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । शसस्त्र सिमा सुरक्षामा अग्रभागमा खटिने सुरक्षा संयन्त्र पनि हो । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाईमा सीमा कायम भएकोमा भारत तर्फको सिमा खुला छ ।
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












