विश्वकप २०२३ अन्तरगत भारत र पाकिस्तानबिचको खेलमा चार खेलाडीबिच कडा प्रतिस्पर्धा
काठमाडौं । दुई छिमेकी सबैभन्दा ठूलो प्रतिद्वन्दी भारत र पाकिस्तान एकदिवसीय विश्वकपको आज(शनिबार)को खेलमा भिड्दै छन् । जब यी दुई एकआपसमा आउँछन् त्यो खेल ब्लकबस्टर खेल साबित हुने गर्छ । खेलमा त्यस्ता चार खास व्यक्तिगत भिडन्त छन्,जसले सम्भवतः पूरा खेललाई निर्णायक मोड दिन सक्नेछ । विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा हुने खेलमा देखिने यी चार भिडन्तले पूरा प्रतिस्पर्धालाई नै रोमान्चक बनाउने निश्चित छ । कसका लागि को त ?
रोहितविरुद्ध साहिन
पछिल्लो समय यी दुई भिड्दा भारतिय कप्तान रोहित शर्माले केही संर्घष गरेका छन्, जति बेला उनले बायाँ हाते पेस बलर साहिद साह अफ्रिदीको सामना गरेका छन् । गत महिना पालेकेलेमा भएको एसिया कपको पहिलो खेलमा साहिनले रोहितको अफ स्टम्प उडाएका थिए । रोहित ११ रनमा बोल्ड भएका थिए ।
२०२१ को दुर्बइमा भएको टि–२० विश्वकपको खेलमा पनि साहिनले रोहितलाई एलबीडव्लू धरापमा फसाए, त्यो पनि पहलो ओभरमा शून्यको स्थितिमा । तर एसिया कपकै कोलम्बोमा भएको दोस्रो खेलमा रोहितले मज्जले खेले । पहिलो ओभरमै रोहितले छक्का प्राहार गरे,तर पछि संयमित भएर खेल्ने प्रयास गरेका थिए ।
कोहलीविरुद्ध राउफ
गत वर्ष ट्वान्टी–२०विश्वकपको मेलर्बनमा भएको खेलमा विराट कोहलीले ह्यारिस राउफको सामना गर्दा स्थिति तनावपूर्ण बनेको थियो । भारतका लागि जितका लागि अन्तिम १८ बलमा ३१ रन चाहिएको थियो । भारत जितका लागि १ सय ६० रन पछ्याउने क्रममा थियो । त्यही स्थितिमा कोहलीले राउफको बलिङमा लगातार दुई छक्का प्राहार गरे ।
यसले पूरापूरा भरिएको मेलर्बन क्रिकेट मैदानमा खुसि र स्तब्धता दुवै छाएको थियो । कोहलीमा सुरुमा लेन्थ बललाई सिधै मैदान बाहिर छक्का प्राहार गरे । दोस्रो छक्काका लागि भने उनले फइन–लेगतर्फ प्राहार गरे । कोहलीले दोस्रो छक्कालाई नयाँ प्रयास पनि भने । तर यसले दुई खेलाडीबिच तीव्र प्रतिस्प्रर्धा चलेको थियो र यसको अर्को रुप अहमदाबादमा देखिन सक्छ ।
आजाम विरुद्ध बुमराह
यूएइमा २०२१मा भएको टि–२० विश्वकपको क्रममा जसप्रित बुमराहले पहिलोपल्ट पाकिस्तानी कप्तान बाबर आजमको नाडी जाच्ने अवसर पाएका थिए । बुमराहलाई योर्कर किङ पनि भन्ने गरिन्छ। तर आजमले उनका विरुद्ध सजिलै खेले । उनले मोहम्मद रिजवानसँग मिलेर पाकिस्तानलाई दस विकेटको जित दिलाए । तर त्यसको दुईवर्षपछि बुमराह र उनका साथीले त्यसबाट पाठ सिकेको देखियो र एसियाकप अन्तिम चारको खेलमा पाकिस्तानलाई सजलै २ सय २८ रनले हरायो। पाकिस्तान १२८ रनमै समेटियो । कोलम्बोमा पनि बुमराहले केही खास मोडमा आजामलाई बिट गरेको देखियो, तर उनको विकेट भने हार्दिक पान्डेले लिएका थिए ।
इफ्तिखरविरुद्ध कुलदिप
इफ्तिखर अहमद त्यस्ता मध्यमक्रममा व्याटर हुन,जसले ब्याटबाट होइन, बलबाट पनि योगदान दिन सक्छन्। त्यही गत महिनाको एसिया कपमा भारतीय स्पिनर कुलदिप यादवले भनेउनलाई लामोसमय खेल्न दिएनन् र आफ्नो सिकार बनाए । आफ्नै बलिङमा कुलदिपले चलाखिपूर्ण क्याच लिएका थिए । त्यस खेलमा भारत ठूलो अन्तरले विजयी भएको थियो । र कुलदिपले एक्लैले २५ रन मात्र खर्चेर पाँच विकेट लिए । अब शनिवारको खेलमा इफ्तिखरसामु त्यसकै मीठो बदला लिने अवसर छ । कुलदिप प्रायः इनिङ्स बीचमा बलिङ आक्रमणका लागि उत्रने गर्छन् र त्यही बेला त हो, प्रायः ईफ्तिखर पनि व्याटिङ गरिरहने
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












