संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी भएका थिए ।
राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ ।
नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यसबेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रियरुपमा सहभागी हुँदै आएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् ।
नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्तिकार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएका छन् । विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो ठूलो वरियता भएको राष्ट्र हो ।
हाल विश्वका १३ मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल, नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । अघिल्लो वर्ष ‘युएन डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा कात्तिक ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












