मलेसियाले दियो नेपाललाई १६६ रनको लक्ष्य
काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिचको पहिलो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आक्रामक व्याटिङ्ग सुरुवात गरेको मलेसियाको पहिलो विकेट अबिनास बाहोराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुलकिफलाई कुशल मल्लबाट क्याच आउट गराएर पहिलो विकेट दिलाएका थिए उनले पुरै ओभर बलिङ्ग गदै चार विकेट समेत लिए । त्यस्तै नेपालका तर्फबाट सन्दीप लमिछाने,रोहित पौडेल र गुल्सन झाले एकएक विकेट लिएका थिए भने रनआटबाट मलेसियाले दुई विकेट गुमाएको थियो ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












