डब्लूएचओको क्षेत्रीय निर्देशकको चुनाव आज नेपाल र बंगलादेशका उम्मेदवारबिच प्रतिस्पर्धा
काठमाडौं । विश्व स्वास्थ्य संगठनको(डब्लूएचओ)को दक्षिण–पूर्वी एसियको क्षेत्रीय निर्देशक पदको चुनाव आज(बुधबार)हुँदै छ । उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन्।
चुनावमा नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले प्रतिस्पर्धा गर्नेछिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकाले कूटनीतिक लबिङमा जोड दिएको छ ।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रिय कमिटिको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । यही बैठकले नयाँ क्षेत्रीय निर्देशकको पनि चयन गर्नेछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ ।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रिय कमिटिमा ११ देश सदस्य छन् । पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरु क्रमश क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रिय निर्देशक पदमा भारतका डा.पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दैछिन् ।
डब्लूएओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल,भुटान उत्तर कोरिया, भारत, बंगलादेश, म्यानमार,श्रिलंका,माल्दिभ्स, थाइल्याण र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रमध्ये यसपटक म्यानमारले मत दिन पाउने छैन् । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यानमारले मतदान दिन नपाउने भएको हो ।
सदस्य देशका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रलयका उच्च अधिकारी क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली पुगेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











